काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले लगातार दोस्रो जीत हासिल गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णालीको चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–९ ले जित्यो । प्रतियोगितामा चुलीको यो लगातार दोस्रो हार हो । यस्तै महिलातर्फ आजै भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदे...