काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आयोगले चुनावको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्नका लागि हरेक चुनावअघि आचारसंहिता ल्याउँछ । यस पटकको आचारसंहितामा केही नयाँ र महत्त्वपूर्ण व्यवस्थाहरू समावेश गरिएका छन् । कृत्रिमम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर चुनावलाई प्रभाव पार्ने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गर्न, दुष्प्रचार गर्न वा घृणापूर्ण भाषण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जालमा एआईको प्रय...