दुई वर्षभन्दा धेरै समयदेखि प्यालेस्टिनी विद्रोही समूह हमासका लागि ७० लाख युरो अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै रकम जुटाएको आरोपमा इटालियन प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । उनीहरूले परोपकारी संस्थाहरूमार्फत यो पैसा प्यालेस्टिनी नागरिकका लागि मानवीय सहायताका रूपमा सङ्कलन गरेका तर यसको सट्टा विद्रोही समूहलाई पठाएका प्रहरीको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै प्रहरीले अनुसन्धानका क्रममा ८० लाख युरो भन्दा धेरै सम्पत्ति जफत गरेको बताएको छ । प्रहरीले पक्राउ परेकाहरूमाथि विशेषगरि आतङ्कवादी गतिव...