रास्वपामा बालेनलाई दोस्रो वरीयता, अहिलेसम्म पदाधिकारीमा छैन कसैको दाबी

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह 'बालेन'लाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो वरीयताको नेता बनाउने भएको छ। बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो । सहमतिको बुँदा नम्बर ४ मा रास्वपा सभापति रवि लामिछाने रहने र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपश्चात बालेन शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ। यो सहमतिपश्चात बालेन र...