फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत समेत खुलाउनुपर्ने भएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणमा त्यस्तो प्रावधान राखिएको छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा आफूले खर्च गर्नुपर्ने अनुमानित रकम र त्यसको स्रोत समेत खुलाउनुपर्ने छ । त्यसका लागि उम्मेदवारले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट त्यस्तो खर्च ...