आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले उम्मेदवारी मनोनयनसँगै आफ्नो सम्पत्ति विवरण पेस गर्नुपर्ने भएको छ । निर्वाचन आचारसंहिता, २०८२ अनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणमा उक्त प्रावधान राखिएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण तयार गरी सिलबन्दी रूपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पे...