निर्वाचन आचारसंहिता– र्‍यालीमा १० भन्दा बढी झण्डा–चुनाव चिह्न प्रयोग गर्न नपाइने

– मत माग्न जाँदा धर्मको प्रचार गर्न नपाइने – एउटै ठाउँमा जुलुस, आमसभा वा कोणसभा गर्न नपाइने – आर्थिक सहयोग निषेध – निर्वाचन हुने १७ दिनअघि मात्रै प्रचारप्रसार निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर ‘निर्वाचन आचारसंहिता’ सार्वजनिक गरेको छ । राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा र चुनाव चिह्न प्रयोग गर्न नमिल्ने कुरा आचारसंहितामा उल्लेख गरिएको छ । आयोगले सार्...