आइतबार अपराह्नसम्म नेमकिपाले मात्र पेश गर्‍यो समानुपातिक बन्दसूची

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन निर्वाचन आयोगले दिएको समयसीमाको पहिलो दिन आइतबार अपराह्नसम्म एक दलले मात्र सूची बुझाएको छ । हालसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मात्र निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको हो ।  निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आइतबार ४ :१५ सम्म एउटा मात्र पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची पेश गरेको हो । नेमकिपाले ११० उम्मेदवारको बन्दसूची पेश गरेको भट्टराईले बताए । अन्य कतिपय विभिन्न दलहरू...