पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादी रहेको टेरामक्स प्रणाली खरिद प्रकरणमा विशेष अदालतले यसअघि सर्वोच्च अदालतबाट भएको आदेशको प्रमाणित प्रतिलिपि मगाउन आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार सर्वोच्चको आदेशको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । ‘आरोप पत्रमा उल्लिखित दाबीको टेराम्क्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट भएको २०७६ वैशाख २०...