इलाम १ बाट झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलामले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटीले प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभातर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाएर केन्द्रमा पठाएको हो । पूर्वप्रधानमन्त्री एवं पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ खस–आर्य क्लस्टरमा उनको  नाम सिफारिस गरिएको छ ।  नेकपा नेतृ शान्ता बस्नेत...