उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुई वटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी हुन् । संसद् सचिवालयलाई गाडी बुझाएपछि उनी सिंहदरबारबाट ट्याक्सी चढेर निस्किएकी थिइन् । संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने ...