मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखास्थित मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक प्राचार्य वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा उनीहरूविरुद्ध गलत लिखत तयार गरी तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । विद्यालयमा उच्च माध्यमिक अनुदान कोटामा शिक्षक नियुक्ति गर्दा गलत लिखत तयार गरी सरकारी अभिलेखमा केरे मेट तथा सच्याई सोही कागजातहरू पेस गराई नियुक्त गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ ...