बक्सिङ डे टेस्ट दुई दिनमै सकिएपछि एमसीजीका क्युरेटर ‘स्तब्ध’

काठमाण्डाै – मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) का प्रमुख क्युरेटर म्याथ्यू पेजले अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको चौथो टेस्ट दुई दिनमै सकिएकोमा आफू स्तब्ध भएको बताएका छन् । प्रमुख क्युरेटरले आफू यस्तो टेस्ट क्रिकेटमा कहिल्यै संलग्न नभएको र फेरि यस्तो खेलमा संलग्न नहुने बताएका बीबीसीले जनाएको छ । यो खेलपछि बलरहरूको अनुकूल पिच बनाएको भन्दै आलोचना भइरहेको छ । टेस्ट क्रिकेटमा पाँच दिन समय तोकिएको हुन्छ जसमध्ये धेरैजसो खेल चार दिनभित्र समाप्त हुन्छ । तर दुई दिनमै खेल सकिनु निकै दुर्लभ हो । एशेज टेस्ट शृङ्खलाको चौथो खलमा ६...