नेपाली कांग्रेसले रास्वपा र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीचको एकताबाट पार्टी नआत्तिएको बताएको छ । केन्द्रीय कार्यसम्पादन बैठकपश्चात् पार्टी कार्यालय सानेपामा पत्रकारहरूमाझ प्रवक्ता प्रकाशशरण महतले एकतामा आएका पात्रहरू दाग र प्रश्नरहित नभएको बताए । ‘यसबाट प्रभाव पर्ने देखेको छैन । उहाँहरू एकदमै दागरहित प्रश्न नभएको व्यक्ति हैन,’ उनले भने, ‘रास्वपा नेता र बालेनजी सबैको बारेमा धेरै ठूलो प्रश्न उठेको छ । नेपाली जनताले मूल्यांकन गरेका छन् ।’ उनले देश चलाउन स्पष्ट नीति, दिशा र अनुभव र...