कांग्रेसले समानुपातिकको बन्द सूची सोमबार बुझाउने

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची सोमबार बुझाउने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची बनाउने काम गरिरहेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार कांग्रेसले भोलि मात्रै समानुपातिकको बन्द सूची बुझाउने छ । ‘को कसलाई राख्ने भनेर प्रदेश-प्रदेशका साथीहरू छलफलमा हुनुहुन्छ । त्यसबाट मोटामोटी सूची बनाएर कम्बाइन गरेर परिमार्जन गरेर आयोगमा बुझाउने तयारी छ,’ उनले भने । उनले कांग्रेस अहिले महाधिवेशन भन्दा पनि निर्वाचनमा...