इजरायलले गाजामा प्यालेस्टिनी पत्रकारका ७ सयभन्दा धेरै आफन्तहरूको हत्या गर्‍यो : प्रतिवेदन

इजरायलले गाजामा प्यालेस्टिनी पत्रकारका ७ सयभन्दा धेरै आफन्तहरूको हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ को अक्टोबरमा गाजामा नरसंहार युद्ध शुरू भएदेखि इजरायलले कम्तीमा ७ सय ६ जना प्यालेस्टिनी पत्रकारका परिवारका सदस्यहरूको हत्या गरेको प्यालेस्टिनी पत्रकार सिन्डिकेटलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । सिन्डिकेटको स्वतन्त्रता समितिको प्रतिवेदनमा इजरायली सेनाले गाजामा आफ्नो नरसंहार युद्धको रिपोर्टिङलाई दबाउन सामूहिक दण्डको प्रयोग गरिरहेको उल्लेख छ । स्वतन्त्रता समितिका प्रमुख मुहम्मद अल–लहहमले सन्...