चितवन – चितवनको पर्यटकीय नगरी सौरहामा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित वनभोज खुवाइएको छ । महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवानका रूपमा पूजा गरिएको हो । धार्मिक गुरुहरूको उपस्थितिमा फूल माला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो । पूजापछि हात्तीलाई विभिन्न परिकारहरू खुवाइएको थपलियाले बताउनुभयो । वनभोजमा कुची, सक्खर, पाउरोटी, उखुलगायत हात्तीलाई मनपर्ने १६ प्रकारका ...