दाङ – लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका १२ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकेपछि आज लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षता र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता भएको विशेष समारोहका बीच प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ ।