काठमाण्डाै – नेपाली कांग्रेसले यसअघि समानुपातिक तर्फबाट सांसद बनेकाहरूलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न आज बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक निर्वाचन प्रणाली लागू भएयता २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका कुनै पनि चुनावबाट समानुपातिक सूचीमा परि प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बनेकाहरूलाई अब उम्मेदवार नबनाउनेसहित भोलि आयोगमा बन्दसूची बुझाउने निर्णय गरेको हो । यस्तै बैठकले विभिन्न समयमा परित्याग गरेर स्वतन्त्र बसेक...