राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले ३ लाख ५० हजार मात्र खर्च गर्न पाउने

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ मात्र खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै एक जना उम्मेदवारले गर्न पाउने खर्चको हदबारे जानकारी गराएको हो । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धनमा १० हजार, प्रचार-प्रसार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसैगरी, ढुवानीमा १० हजार, गोष्ठी- अन्तरक्रियामा १ लाख, अन्य प्रचार-प्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५...