पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रेमबहादुर सिंहले निर्वाचन नलड्ने घोषणा गरेका छन् । आफूले मैले प्राप्त गरेको अनुभव पार्टी निर्माणमा उपयोग गर्ने संकल्प गर्दै उनले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । कालिकोटबाट खस-आर्यमा समानुपातिकतर्फ सर्वसम्मत रूपमा सिफारिस गरेकोमा उनले आभार प्रकट गरेका छन् । 'तपाईंहरूले ममाथि गरेको अपेक्षा र विश्वासलाई कायम राखि अघि बढ्ने प्रेरणाको रूपमा लिएको छु । मैले राष्ट्रिसभा, प्रतिनिधिसभा, संविधानसभालगायत ६ पटक...