रास्वपाले थप्यो प्रारम्भिक मतदानको समय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियाका लागि समय थप गरेको छ । प्रारम्भिक मतदानमा मतदाताहरूको अत्यधिक चाप रहेकाले १४ गते बिहान १० बजेसम्म समय थप गरिएको ​पार्टीका महामन्त्री ​कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।  'राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाका लागि हाल चालु रहेको प्रारम्भिक मतदानमा मतदाताहरूको अत्यधिक धेरै चाप रहेको हुँदा तोकिएको समयमा मतदान सम्पन्न हुन कठिन हुने देखिएकाले पार्टी सचिवालयबाट प्रारम्भिक मतदानको समय २...