लुम्बिनी प्रदेश बन्यो ‘साक्षर प्रदेश’

प्रदेशभरका सबै जिल्ला साक्षर घोषणा भएपछि सिंगो लुम्बिनी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गरिएको छ । दाङको देउखुरीमा आइतबार विशेष कार्यक्रम आयोजना गरी मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन् । शिक्षालाई मानव विकासको मुख्य आधार मान्दै, प्रदेशले जीवनपर्यन्त सिकाइ र स्वाभाविक शिक्षालाई प्राथमिकतामा राखेर निरन्तर कार्यक्रम गर्ने गरी साक्षरता घोषणा गरिएको हो । साक्षरता दर सुधार गरेर प्रदेशका सबै जिल्ला साक्षर घोषित भएको र उच्च विद्यालय उत्तीर्ण दरमा पन...