एमालेले भोलि आयोगमा बन्दसूची बुझाउने

नेकपा एमालेले समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।