आइतबार २ दलले मात्रै बुझाए समानुपातिकको बन्द सूची

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न शुरू गरेका छन् । आइतबार साँझ ७ बजेसम्म दुई वटा राजनीतिक दलले समानुपातिक उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा पेस गरेका छन् । अर्को एउटा दल प्रक्रियामा रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाल लोकतान्त्रिक पार्टीले बन्द सूची पेस गरिसकेका छन् भने राष्ट्रिय जनमोर्चा प्रक्रियामा रहेको...