नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनपछिको पहिलो सचिवालय बैठकलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण गरेका छन् । आइतबारको बैठकलाई सम्बोधन गर्दै विशेषगरी मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनका लागि आवश्यक सुरक्षा चुनौती र पार्टीको भावी रणनीतिका बारेमा धारणा राखेका हुन्। ओलीले पछिल्लो समय 'जेनजी' को नामबाट मुलुकमा प्रतिक्रान्ति भएको र लोकतान्त्रिक पद्धति मिचेर संसदलाई विस्थापित गरिएको बताएको बैठकपछि पार्टीका उपमहासचिव लेखराज भट्टले अ...