जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरणको घोषणा, उपेन्द्र र महन्थ फेरि एकै ठाउँ

 मधेस केन्द्रित दुई प्रमुख दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् ।  आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न र संघीयता, पहिचान, समानुपातिक समावेशिता ...