जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय

१४ पुस, जनकपुरधाम । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकसपाबीच एकीकरण गर्ने निर्णय भएको छ । सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।