बङ्गलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या नोभेम्बर सङ्क्रमित भएको सङ्ख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो । महानिर्देशनालयका अनुसार डेङ्गुका सङ्क्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्...