जनमोर्चाको समानुपातिक सूचीको पहिलो नम्बरमा चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनका लागि ११० जना उम्मेदवारहरूको समानुपातिक बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आइतबार दर्ता गरिएको उक्त सूचीको पहिलो नम्बरमा पार्टी अध्यक्ष चित्रबहादुर केसीको नाम रहेको छ । यसअघि बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित केसी यो पटक भने समानुपातिकमा बसेको पार्टी स्रोतको भनाइ छ ।  जनमोर्चाले समावेशी सिद्धान्तका आधारमा विभिन्न क्लस्टरबाट उम्मेदवारहरू छनोट गरेको छ ।