आर्थिक कारोबारको ‘ढड्डा’ सहित छानबिन आयोग पुगे सुदन गुरुङ

 जेनजी अभियन्ता सुदन गुरुङ ‘हामी नेपाल’ सँग सम्बन्धित आर्थिक कारोबारका सम्पूर्ण कागजातसहित आज छानबिन आयोगमा उपस्थित भएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा बयानका लागि उनी आइतबार आयोग पुगेका हुन् ।  गुरुङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हालसम्मका सम्पूर्ण आर्थिक विवरण र कागजातको ढड्डा सहित आयोगमा उपस्थित भएको जानकारी दिएका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको बताए ।  आयोग पुगेर बयान दिएपछि फेसबुकमा लेख्द...