चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेकी छन् । यसबारे उनले आइतबार सर्वसाधारणसँग सुझाव समेत मागेकी छिन् । विगत ७ वर्षदेखि सरसफाइ अभियान र सामाजिक कार्यमा सक्रिय तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भोटिङ पोल राख्दै आफ्नो राजनीतिक यात्राबारे जनमत संकलन गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, '७ वर्ष पहिले सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय पनि यहाँहरूकै भोटिङ पोलमार्फत लिएको थिएँ । अहिले फेरि अर्को राजनीतिमा होमिने...