जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरूमा ऋषिङ गाउँपालिका–१ का सुमन सारु (आपराधिक उपद्रव मुद्दा), व्यास नगरपालिका–१३ की सावित्री पाण्डे (चेक अनादर मुद्दा), भिमाद नगरपालिका–३ का सन्तबहादुर ने...