समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्ने म्याद आज सकिँदैछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्दसूची दर्ता गराइसक्नुपर्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म बुझाइएका बन्दसूचीको पुस १५ देखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ। त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ। सच्याइएका बन्दसूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ। आयोगले माघ ४ गते बन्दसूची सार्वजनिक गर्...