काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलको २८औँ मिनेटमा सन्डरल्यान्डका सिमोन अडिङ्गराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरूमै लिड्सका डोमिनिक काल्भर्ट–ल्युइनले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै टुंगियो । यस्तै, गएराति भएको अर्को खेलमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । टोटेनहमका आर्ची ग्रेले निर्णाय...