जसपा नेपाल र लोसपाबीच एकताको सहमति

काठमाण्डौ – मधेशका मुख्य दुई राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । हिजो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । ‘दुवै पार्टीका पदाधिकारीहरुको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत ...