छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुने भएका छन् ।  उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन उनी सोमबार मध्यान्ह १२ बजे आयोगको कार्यालय सिंहदरबार जान लागेका हुन् ।  लेखकको सचिवालयका अनुसार सो संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे आयोगले गरिरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन उनी आयोगको कार्यालय जान लागेका हुन् ।  जाँचबुझ आयोगले सो समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका लेखकसँग...