रास्वापाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भएको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमति अनुमोदन गर्ने निर्णय गरेको हो। बैठकमा सहमतिको राजनीतिक औचित्य, सम्भावना र भावी कार्यदिशाबारे छलफल भएपछि केन्द्रीय समितिले यसलाई ऐतिहासिक निर्णयको रूपमा अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए ।  रास्वपाले मुलुकमा व्याप्त भ्रष्टाचार, वेथित...