राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसँग गरिएको सहमति अनुमोदन गरेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार राति सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले रास्वपा बालेनबीच भएको ‘वृहत् एकता सम्बन्धी सहमति’ अनुमोदन गरेको हो । रास्वपाले यसलाई ऐतिहासिक सहमति भनेको छ । राष्ट्र हितका लागि वृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थ...