अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ । युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै यूक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी ९५ प्रतिशत टुंगिएको दाबी गर्नुभएको छ । ट्रम्पका अनुसार अहिलेको प्रगति कायम रहे युद्ध केही हप्तामै अन्त्य हुन सक्ने सम्भावना छ । तर, ट्रम्पले यूक्रेनको जमिनसम्बन्धी विषय सबैभन्दा जटिल मुद्दा रहेको स्वीकार गर्नुभएको छ । विशेषगरी डोनबास क्षेत्रमा प्र...