अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक वार्ता ‘अन्तिम चरणमा’ पुगेको बताएका छन् । आइतबार फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई स्वागत गर्दै ट्रम्पले यस्तो बताएका हुन् । आइतबार दुवै नेता पत्रकारहरूसँग कुरा गर्दै नयाँ शान्ति प्रस्तावबारे छलफल गर्न तयारी अवस्थामा देखिएका थिए । ट्रम्पले करिब चार वर्षदेखि चलिरहेको युक्रेन युद्ध अन्त्य गर्न आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षदेखि सक्रिय प्रयास गरिरहेको बताए...