देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ। हाल हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार सोमबार दिउँसो तराई क्षेत्रका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र...