‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच गएराति अबेरसम्म भएको वार्ता सहमति नजुटेपछि असफल भएको छ । पावर सेयरिङसहितका विषयमा मतभेद कायम रहेपछि वार्ता टुंगिन नसकेको बताइएको छ । यसअघि पनि दुवै पक्षबीच पटक–पटक छलफल भए पनि ठोस सहमति हुन सकेको थिएन। पछिल्लो वार्ता पनि निर्णायक हुने अपेक्षा गरिए पनि सहकार्यको ढाँचा र जिम्मेवारी ...