म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्दै आएको पाँच दशक पूरा गरेका छन्। सात वर्षको उमेरदेखि भेडाको घुम्ती गोठ समातेका उनको दैनिकी आज पनि उस्तै छ। बर्खायाममा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिउँद लागेपछि गाउँ नजिकैको खर्कमा झर्छन्। बिहानदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहारमै व्यस्त रहने उनको जीवनले स्कुलको ढोका कहिल्यै टेक्न पाएनन्। घर नजिकै रहेको जनकल्याण माध्यमिक विद्यालयमा पढ्ने अवसर नपाएको पीडा अहिले जीवनको उत्तरार्धमा आएर गहिरो पछुतो बनेक...