काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन । चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी ...