तरकारीले मूल्य पाएपछि किसान खुसी

तरकारीले बजार मूल्य पाएपछि चितवनका किसान खुसी भएका छन् ।  गत वर्षको तुलनामा यस वर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताए । उनले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले अहिले बजार मूल्य राम्रो पाएको छ ।  उनले भने, ‘खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ ।’ खेतबाटै बिक्री गर्दा घीउ सिमी १२० देखि १३० र गोलभेँडाप्रति क्रेटको एक हजार ६०० सयदेखि दुई हजार ६०० सम्ममा बिक्री भएको उनले बताए । उनले अहिले तीन बिघा...