कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार पनि बस्ने भएको छ ।  कांग्रेसको यो बैठक केही दिनयता लगातार बसिरहेको छ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनबारे छलफल भएको थियो । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ । त्यसैले बैठक यस विषयमा समेत नि...