महिला तथा बालबालिकामन्त्री श्रेष्ठले राखिन् ब्रेल लिपि एम्बोस बोर्ड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई सहज, समावेशी र व्यवहारिक सेवा उपलब्ध गराउने उद्देश्यसहित मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको बोर्ड राखेकी छन् ।  मन्त्री श्रेष्ठले मन्त्रालयको नामसमेत ब्रेल लिपिमा एम्बोस गरिएको बोर्ड राखिएको र आफ्नो भिजिटिङ कार्डमा पनि ब्रेल लिपि प्रयोग गरिएको जानकारी दिएकी छन् ।  उनका अनुसार मन्त्रालयमा कार्यरत दृष्टिविहीन कर्मचारी निरा अधिकारीले ब्रेल लिपिसहितको बोर्ड प्रयोग गर्दा आफूजस्ता अन्य दृष्टिविहीन व्यक्तिलाई सेवा लिन धेरै सह...