बाटोमा पैसाको बन्डल भेटिएपछि...

बाटोमा भेटिएको करिब ५० हजार रूपैयाँ एक युवाले प्रहरीमार्फत् सम्बन्धित धनीलाई बुझाएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका-१० स्थायी घर भएका १७ वर्षीय जेनिस खडायतले आइतबार बिहान काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुमा उक्त रकम भेटाएका थिए । सतुंगल चोकचन्दा २०० मिटर भित्रपट्टिको बाटोमा फेला पारेको पैसाको बन्डल खडायले तत्कालै प्रहरी प्रभाग बलम्बुमा बुझाएका थिए । प्रहरीले रकम गन्दा उक्त बन्डलमा ४८ हजार ४०० रहेको थियो । प्रहरी प्रभाग बलम्बुले आइतबार नै पैसा हराउने व्यक्ति गुल्मी स्थायी घर भएका अनिल केसीलाई सो रकम जिम्मा ल...