सन् २०२५ हामीबाट बिदा हुने तयारीमा छ । यो वर्ष विश्व क्रिकेटमा केही कीर्तिमान पनि बनेका छन् । केही कीर्तिमान टेस्ट क्रिकेटमा बनेका छन् भने केही टी–२० र एकदिवसीय प्रतियोगितामा । विश्व टेस्ट क्रिकेटको एक सय ४८ वर्ष लामो इतिहासमा पहिलो पटक एउटा रमाइलो घटना पनि यो वर्ष भएको छ । कुनै खेलाडीले टी–२० क्रिकेटको एकै ओभरमा पाँच विकेट लिएर तहल्का मच्चाएका छन् भने कसैको नामसँग सबैभन्दा कम उमेरमा टी–२० शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान जोडिएको छ । केही खेलाडीको नामसँग त नचाहेको खराब कीर्तिमान पनि जोडि...